राजनीति


सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोड्ने काम पुष्पलालले कहिल्यै गर्नु भएन: प्रधानमन्त्री

सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोड्ने काम पुष्पलालले कहिल्यै गर्नु भएन: प्रधानमन्त्री

नेपालखबर
साउन ७, २०८२ बुधबार १८:३१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी थिए भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्। 

नेकपा (एमाले)को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे। 

'पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो। उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो। उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो’, अध्यक्ष ओलीले भने, 'जात र धर्मबाट उहाँमाथि हुनुहुन्थ्यो। आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन। नेपालमा कम्युनिस्टहरूको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो। उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो। उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेकपा स्थापना भएको थियो। उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad