धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नगरको जग्गा फिर्ता गरिदिनुभन्दै पत्र लेखेका छन्। साम्पाङले आज बुधबार एक पत्र लेख्दै धरानको छाता चोकमा रहेको नगरपालिकाको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको भन्दै फिर्ता गरिदिन भनेका हुन्। उनले उपमहानगर आफैँले अस्पताल बनाउने तयारी गरेको पनि उल्लेख गरेका छन्।
'धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर बिपी अस्पताललाई दिई पठाएछ थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला’ उनले लेखेको पत्रमा उल्लेख छ।
उनले लेखेको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई बोधार्थ दिइएको छ।
साम्पाङको पत्रको भाषा अन्य सरकारी कार्यालयको भन्दा फरक छ। उनले अनौपचारिक भाषामा पत्र लेखेका छन्।

Shares

प्रतिक्रिया