राजनीति


एमाले महासचिवले भने– विद्या भण्डारीको सदस्यता स्वतः निष्क्रिय

एमाले महासचिवले भने– विद्या भण्डारीको सदस्यता स्वतः निष्क्रिय

नेकपा एमालेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेल। तस्बिरः सरोज नेपाल


नेपालखबर
साउन ७, २०८२ बुधबार १५:६, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको बताएका छन्।

बुधबार ९ औं केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सदस्या नवीकरणको विषय पार्टीलाई पहिले नै थाहा भएको तर यसबारे उपयुक्त समयमा निर्णय गर्नुपर्छ भनेर सार्वजनिक नगरेको समेत जिकिर गरे। 

‘उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो विषयलाई सार्जजनिक नगरौं, यो एउटा विशेष विषय हो,’ पोखरेलले भने, ‘त्यसअर्थमा पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्नु हुँदैन र यसलाई छलफल गर्नुपर्दछ। उपयुक्त समयमा पार्टीले निर्णय लिनुपर्दछ भनेर हामीले त्यो विषयलाई सार्वजनिक नगरेको विषय थियो।’

उनले थपे, ‘पूर्वराष्ट्रपति आफैले त्यसबारे सार्वजनिक गरेपछि पार्टीले त्यसबारे भन्नुपर्दथ्यो। त्यस अर्थमा हामीले हिजोको बैठकबाट एउटा निष्कर्ष निकालेका छौँ। उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ। त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ।’

पूर्वराष्ट्रपतिको फरक भूमिकाको केन्द्रीय कमिटीले नै महसुस गरेकाले भण्डारीलाई पार्टी सदस्य बनाउन नचाहेको पोखरेलको भनाइ छ।

‘सदस्यता नवीकरणको विषयमा पार्टी विधानका हिसाबले पनि हामीले नवीकरण गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय कमिटीको विषय बन्नुपर्दथ्यो। हाम्रो मान्यता त्यही थियो,’ उनले भने, ‘केन्द्रीय कमिटीले नै उहाँको फक भूमिकालाई आवश्यक ठानेपछि उहाँको सदस्यतालाई आवश्यक ठानेनौँ।’

पोखरेलले पार्टीले गरेको निर्णयलाई पूर्वराष्ट्रपति भण्डारीले स्वभाविकरुपमा लिने विश्वास व्यक्त गरे। ‘उहाँले पार्टीले गरेको निर्णयलाई लोकतन्त्रको भविष्यसँग गाँसिएको विषय भनेर बुझ्नुहुन्छ भन्ने म ठान्दछु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad