सत्तारुढ नेकपा एमालेले केन्द्रीय समिति बैठकका निर्णय पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ।
त्यसको लागि बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा पत्रकार सम्मेलन राखिएको एमालेले जनाएको छ।
एमाले केन्द्रीय कमिटीको नवौं बैठक यही साउन ५ र ६ गते बसेको थियो।
बैठकका समग्र निर्णय र समसामयिक राजनीतिक विषयमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन राखिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ।
बैठकमा एमाले महासचिव शंकर पोखरेलको उपस्थिति रहने छ।
पछिल्लो समय एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको क्रियाशीलतालाई लिएर विवाद र ध्रुविकरण सुरु भएको छ।
एमाले केन्द्रीय समिति बैठकले भण्डारीलाई एमालेमा सधैँको ढोका बन्द गर्ने निर्णय गरेपछि यो विवाद अझ पेचिलो बन्दै गएको छ।
390
Shares

प्रतिक्रिया