राजनीति


निजामती विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

निजामती विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

नेपालखबर
साउन ६, २०८२ मंगलबार १७:२९, काठमाडौँ

संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

राष्ट्रियसभाको मंगलबारको बैठकले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो। 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन्।

प्रस्तावलाई सर्वसम्मत रुपमा सभाका सदस्यहरुले सहमति जनाएको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले घोषणा गरे।

त्यस्तै बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad