राजनीति


कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा कम्परमाइज हुन सक्दैन : कांग्रेस

कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा कम्परमाइज हुन सक्दैन : कांग्रेस

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८२ मंगलबार ११:५३, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन्।

बीपी स्मृति दिवसमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस यसमा अडिग रहेको बताए। ‘कुलिङ पिरियडको बारेमा कुरा छ, यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो,’ महतले भने, ‘यसमा नेपाली कांग्रेसले कम्परमाइज गर्न सक्दैन। कुलिङ पिरियड लागू हुनैपर्छ।’

उनले भूमि विधेयक लगायतमा पनि छलफल आवश्यक रहेको बताए। ‘भूमि विधेयक लगायत महत्वपूर्ण विषय छन्, त्यसमा समग्र छलफलबाट मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ,’ महतले भने, ‘एकलौटी त्यसमा लाद्ने कुरा स्वीकार हुन सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad