नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटबारे केन्द्रीय कमिटीलाई जानकारी गराएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले भेटबारे नेताहरुलाई जानकारी गराएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको बताए।
‘हिजो पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बीचको भेटघाटको प्रसंग पनि छ, पूर्वराष्ट्रपतिको आग्रहमै १० औं वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै गरौँ भन्ने सल्लाह बमोजिम भेट भयो,’ ओलीको भनाइ उल्लेख गर्दै गौतमले भने, ‘भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रस्तुत भएको छ, राष्ट्रिय राजनीति कसरी अघि बढेको छ, नेकपा एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरु कसरी सल्बलाइरहेका छन् भन्नेदेखि सरकारले गरेका काम विधान अधिवेशनको तयारीका सन्दर्भमा एकअर्कामा खुला रुपमा छलफल भएको कुरा भन्नुभयो। राष्ट्रपति राजनीतिमा आउनुहुन्छ की हुँदैन भन्ने विषय पार्टी अध्यक्षले आफ्नो तर्फबाट चलिरहेका अभ्यासका बारेमा पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण राख्नुभएको छ। पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय रहेन, केन्द्रीय कमिटीले निर्णय गर्दछ भनेर भन्नुभयो।’
Shares

प्रतिक्रिया