राजनीति


चालु आर्थिक वर्ष १ सय २० वटा कानुन निर्माण गर्ने सरकारको लक्ष्य

चालु आर्थिक वर्ष १ सय २० वटा कानुन निर्माण गर्ने सरकारको लक्ष्य

नेपालखबर
साउन ४, २०८२ आइतबार १८:२९, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १ सय २० वटा कानुन निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन्।

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले यस्तो बताएका हुन्। उनले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताए। 

उनले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानुन, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेस गरिसकेको बताए।

उनले भने, ‘हामीले यो आर्थिक वर्षमा १२० वटा कानुनहरु निर्माण गर्छौं भनेर भनेका छौँ। यो अलि महत्वाकांक्षी पनि छ। केही संशोधन ऐन पनि छ त्यसमा। १२० वटा ऐनहरू बनाउँछौँ भनेर हामीले प्रतिवद्धता गरेर  कार्ययोजना र कार्यतालिकासहित हामीले संसदमा पेश गरिसकेका छौँ। र संसदले पनि त्यही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्छ भन्ने लाग्छ। मानव अधिकारसम्बन्धी केही कानुनहरू यी कानुनहरुमा समेटिने पनि विश्वास छ।

उनले मानव अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माणमा समेत मन्त्रालयले तादरुकताका साथ काम गरिरहेको बताए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad