राजनीति


सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरितः सोविता गौतम

सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरितः सोविता गौतम

नेपालखबर
साउन ४, २०८२ आइतबार १७:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गरेकी छन्।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गरेकी हुन्।

सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उनको भनाइ छ। सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताइन्।

सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाइन्। उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उनको जिकिर छ। 

उनले भनिन्, ‘पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण भएको हो कि जस्तो प्रश्नहरू आइरहेको छ। सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा गिरफ्तारी गर्ने, मुद्दाहरु चलाउने कुराहरु पनि मानव अधिकारको प्रतिवेदनमा समेटेर जानुपर्छ।’

सांसद गौतमले थपिन्, ‘अनि अदालतमा लैजानुपूर्व पनि धेरै मानव अधिकार उल्लङ्घन भएको हामीले महशुस गरेका छौँ। एकचोटि न्यायिक हिरासतमा गइसकेको मान्छेलाई फेरि प्रहरी हिरासतमा राख्ने कुरालाई संसारको कुनैपनि मानव अधिकारले यो सही छ भनेर भन्दैन। तर हाम्रो नेपालमा त्यो अभ्यास भइरहेको छ।’

उनले मानव अधिकार उल्लंघन रोक्न आवश्यक कानुनी सुधार गर्न पनि आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad