राजनीति


ओली-भण्डारीबीचको छलफलबाट सुखद् समाचार आउँछः कर्ण थापा

ओली-भण्डारीबीचको छलफलबाट सुखद् समाचार आउँछः कर्ण थापा

नेपालखबर
साउन ४, २०८२ आइतबार १७:५०, काठमाडौँ

नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको छलफल सकारात्मक हुने बतएका छन्।

ओली र भण्डारीबीचको छलफलका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भेटपछि सकारात्मक र सुखद् समाचार सुन्न पाउने विश्वास व्यक्त गरे। उनले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताए।

पोलिटब्युरो बैठकमा नेताहरूले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल गरेर भण्डारीको सक्रिय राजनीतिमा आउने वा नआउने भन्नेबारे निकास दिनुपर्ने सुझाव दिएका थिए।

उनले भने, ‘पार्टीभित्र जुन प्रकारको विवाद र द्वन्द्व छ, यो समाधान नहुने ठाउँमा पुगेको छ भन्ने चर्चा र परिचर्चा भएको छ। त्यस प्रकारको हो भन्ने मलाई लाग्दैन। पोलिटब्युरोको बैठक र सचिवालयको बैठकमा पनि धेरै कमरेडहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्ने की नगर्ने भन्नेबारेमा दुई जनाको बीचमा सघन रुपमा छलफल भएर सहज निकास निकाल्नुस् भन्ने सुझाव दिएअनुरुप आज भेट भएको हो। सकारात्मक र सुखद् समाचार सुन्न पाउनेछौँ।’

पूर्वराष्ट्रपति भण्डारीले पहिला नै पार्टी सदस्यता नविकरण गरिसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad