राजनीति


विद्या भण्डारीको सदस्यता नवीकरण दुई वर्ष पहिल्यै भएको होः एमाले उपाध्यक्ष पाण्डे

विद्या भण्डारीको सदस्यता नवीकरण दुई वर्ष पहिल्यै भएको होः एमाले उपाध्यक्ष पाण्डे

नेपालखबर
साउन ४, २०८२ आइतबार १७:२७, काठमाडौँ

नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन्।

आइतवार पार्टी केन्द्रीय कायालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएको पनि जानकारी दिए। पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको जानकारी दिए। 

उनले भने, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो। यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो। उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो। दुई वर्षअघि नै नवीकरण गरेँ भन्नुभएको छ। १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नविकरण भएको भन्नुभएको थियो। अध्यक्षज्यूले पनि यसमा सहमति गर्नुभएको थियो।’

उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नवीकरण पहिला नै भएको विषय रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad