राजनीति


बैठकमा आफ्नो दृष्टिकोण भरपूर रुपमा राख्न कुनै बन्देज छैन : तामाङ

बैठकमा आफ्नो दृष्टिकोण भरपूर रुपमा राख्न कुनै बन्देज छैन : तामाङ

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८२ शनिबार १८:१, काठमाडौँ

नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा नेताहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राखेको दाबी गरे।

‘बैठकमा सदस्यहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको छ, त्यहाँ कुनै बन्देज छैन,’ तामाङले भने, ‘विगतका कतिपय एक दुई वटा घटनाहरुमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरु पार्टी भन्दा बाहिर रहनु पनि भयो। केही साथीहरु आत्मालोचना गरिसकेपछि पार्टीले पुनः स्वीकार गरिसकेको छ। अमुक केही घटनाहरुलाई लिएर एमालेभित्र अब वाक स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्नेकुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन।’

नेता तामाङले उमेर हद क्रियाशिलतामा आधारित हुने भएकाले उमेर पुग्नसाथ उसको क्रियाशिल कम हुने भन्ने नरहेको जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad