पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको छ। भण्डारीलाई भेट्न कोइराला उनकै निवास भंगालमा पुगेका थिए। कोइरालाले पछिल्लो समय शीर्ष नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन्।
भेटका क्रममा भण्डारीले आफू पार्टी राजनीतिमा फर्किएको र त्यसका लागि नैतिक समर्थन चाहिएको बताएको कोइरालाको सचिवालयले जानकारी दियो।
'उहाँ (भण्डारी)ले म राजनीतिमा फर्किएँ यसमा तपाईंको नैतिक समर्थन चाहियो भन्नुभयो,'कोइरालाको सचिवालयले भन्यो,'यताबाट पनि शेखर कोइरालाले पनि आफ्नो नैतिक समर्थन हुन्छ अनि आफूले उठाइरहेको मुद्दाका विषयमा साथ दिनुपर्छ भन्नुभयो।'
2.2k
Shares

प्रतिक्रिया