राजनीति


ओलीले ‘भाउ’ नदिएका वामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

ओलीले ‘भाउ’ नदिएका वामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

नेपालखबर
साउन २, २०८२ शुक्रबार ६:५४, काठमाडौँ

एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। 

एकीकृत समाजवादी र वामदेव गौतमले नेतृत्व गरेको अभियानबीच आज एकता हुन लागेको हो। शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा हुने कार्यक्रम छ। 

गएको असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति भएको थियो। 

यसअघि ०८१ पुसमा पनि दुई दलबीच एकताको तयारी गरिएको थियो। अन्तिम चरणमा पुगेको भनिएकै बेला गौतम एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानलाई नै अघि बढाउने भन्दै पछि हटेका थिए।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। 

त्यतिबेला एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा छलफल गर्नुअघि वामदेवले नेकपा एमालेसँग एकता गर्ने भनेर छलफल अघि बढाएका थिए।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि फेरि गौतम एकीकृत समाजवादीतिरै फर्किएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad