सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक १० मिनेटको 'खाजा ब्रेक'पछि फेरि बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठक लम्बिने भएपछि नेताहरुलाई खाजा खान दिन मिनेटको समय दिइएको थियो।
खाजा खाइसकेपछि पुनः बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
एमाले बैठकमा महाधिवेशनको तयारी, ७० वर्षे उमेर हद, पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुर्नआगमनबारे छलफल भइरहेको बताइएको छ।
156
Shares

प्रतिक्रिया