धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले ‘जनपक्षीय शिक्षा ऐन’ जारी गर्न माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको छ।
उनीहरूले काठमाडौँको डिल्ली बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारी विद्यार्थीहरूले प्रधानमन्त्री र शिक्षा मन्त्रीको फोटो समेत जलाएका छन्।
शिक्षा ऐन ल्याउन दबाबस्वरुप यही साउन २ गते शैक्षिक हड्ताल घोषणा गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र साहले बताए।




261
Shares

प्रतिक्रिया