राजनीति


सशस्त्र प्रहरीको डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस

नेपालखबर
असार ३२, २०८२ बुधबार २०:२०, काठमाडौँ

सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। 

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।

डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्।

तर प्रकाश र विनोदराजले स्टाफ कलेज गरेका छैनन्। सशस्त्र प्रहरीमै भर्ना भएको टोलीलाई डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ। 

यस्तै नेपाल प्रहरीको प्राविधिक सईबाट आएका कृष्णराज पाठक पनि अहिले एसएसपी छन्। उनी अहिलेका एसएसपीमा सबैभन्दा सिनियर थिए। तर यसअघि नै दुई ब्याचले पछि पारिसकेका थिए। उनीभन्दा पछाडिका सशस्त्र प्रहरीको पहिलो ब्याचका सबै र दोस्रो ब्याचका पनि दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad