कोशी


सेप्टिक ट्यांक निर्माण गर्ने क्रममा चार मजदुर बेहोस

सेप्टिक ट्यांक निर्माण गर्ने क्रममा चार मजदुर बेहोस

नेपालखबर
असार ३२, २०८२ बुधबार २०:२०, विराटनगर

पाँचथरमा सेप्टिक ट्यांक निर्माणको क्रममा चार जना मजदुर बेहोस भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमीमा सेप्टिक ट्यांक निर्माणको काम गर्दै आएका चारजना मजदुर काम गर्दागर्दै बेहोस भएका थिए। 

बुधबार साँझ करिब ५ बजेतिर घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको सेप्टिक ट्यांक निर्माणका क्रममा उनीहरू बेहोस भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।

साँझ ५ः२० बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाक्तेपबाट प्रहरी निरीक्षक शेरबहादुर राईको नेतृत्वमा गएको प्रहरी टोलीले साँझ साढे ५ बजेतिर स्थानीयवासी र जेसिबी मेसिनको सहयोगमा चार जनाको उद्धार गरेको उनले जानकारी दिए।

काम गरिरहेका ३८ वर्षीय रत्न चेम्जोङ, ४० वर्षीय बिरू चेम्जोङ, २४ वर्षीय भीष्म चेम्जोङ र ३० वर्षीय सन्तोष चेम्जोङ बेहोस भएका थिए। बेहोस भएकाहरू मध्ये सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको छ।

रत्न, बिरु र भीष्मको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए। 

बुढाथोकीले नेपालखबरसँग भने, ‘गम्भीर अवस्थामा रहेका तीनै जनालाई उपचारकोलागि इलाम नजिक पर्ने भएकोले जिल्ला अस्पताल इलाममा पठाइएको छ।’ 

प्रहरीका अनुसार सेप्टिक ट्यांकमा अक्सिजन कम भएका कारण उनीहरू बेहोस भएको अनुमान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad