राजनीति


जनताको अवस्था बदल्न सबै लाग्नुपर्छ: एमाले सांसद विश्वकर्मा

जनताको अवस्था बदल्न सबै लाग्नुपर्छ: एमाले सांसद विश्वकर्मा

नेपालखबर
असार ३२, २०८२ बुधबार १९:२१, काठमाडौँ

नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौँमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए। जनताको अवस्था बदल्नका लागि आफूहरु निरन्तर लागिरहेको उनको भनाइ छ।

सांसद विश्वकर्माले जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुंगिएको जिकिर गरे। अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकता भएको बताए। 

व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरु नबसेको भन्दै अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताए।

सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामुलक र समृद्धशाली बनाउन सबै एकतावद्ध भएर अघि बढ्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad