कारोबार


बैंक तथा वित्तीय संस्थाले अन्तरिम वित्तीय प्रतिवेदन हरेक ३ महिना सकिएको १५ दिनभित्र प्रकाशित गरे हुने

बैंक तथा वित्तीय संस्थाले अन्तरिम वित्तीय प्रतिवेदन हरेक ३ महिना सकिएको १५ दिनभित्र प्रकाशित गरे हुने

नेपालखबर
असार ३२, २०८२ बुधबार १९:२१, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले अन्तरिम वित्तीय प्रतिवेदन ३ महिना सकिएको १५ दिनभित्र प्रकाशित गरे हुने भएको छ। 

राष्ट्र बैंकले यसअघि ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने व्यवस्थामा लचिलो बन्दै १५ दिनमा प्रकाशित गरे हुने व्यवस्था गरेको हो। 

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र
कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नुपर्नेछ।

तर, चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। यसअघि यस्तो प्रतिवेदन २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad