राजनीति


एमालेमा फर्किएपछि विद्या भण्डारीको छुट्टै वेबसाइट

एमालेमा फर्किएपछि विद्या भण्डारीको छुट्टै वेबसाइट

नेपालखबर
असार ३१, २०८२ मंगलबार २२:७, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक भएको छ।

नेकपा (एमाले) को राजनीतिमा फर्किएपछि भण्डारीले छुट्टै वेबसाइट सार्वजनिक गरेकी हुन्।

वेबसाइट मा उनको प्रोफाइल, प्रमुख सम्बोधनहरू, तस्बिर संग्रह लगायतका विषय समेटिएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जनाएका छन्।

वेबसाइट सार्वजनिक गर्दै स्वकीय सचिव राईले भनेका छन्, ‘सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचबोग्य बनाउने उद्देश्यले तयार पारिएको हो।’

वेबसाइटमा समावेश सामग्रीहरू समयानुकूल थप, परिमार्जन र अद्यावधिक गरिदै लैजाने पनि उनले स्पष्ट पारेका छन्। 

भण्डारीको वेबसाइट समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विज्ञप्तिमार्फत राईले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad