धेरैवटा सुपरहिट धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको मंगलबार निधन भएको छ।
उनले मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा अन्तिम सास फेरेका हुन्।
धीरज कुमारलाई निमोनियाका कारण शनिबार अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएको थियो।
उनको नजिकको स्रोतले बीबीसी हिन्दीलाई बताएअनुसार धीरज कुमारले आज बिहान ११:३० बजे धेरै अंग विफलताका कारण अन्तिम सास फेरे।
धीरज कुमार १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित प्रतिभा खोज प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए।
उनले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘माङ भरो सजना’, ‘पुराण मन्दिर’, ‘कर्म युद्ध’, ‘बहुरूप’ जस्ता धेरै फिल्ममा काम गरे।
हिन्दी फिल्ममा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी फिल्ममा पनि काम गरेका थिए ।
Shares

प्रतिक्रिया