राजनीति


पारिबाट आएको खोकीको मन्द आवाजले सरकार थला पर्‍योः गगन थापा

पारिबाट आएको खोकीको मन्द आवाजले सरकार थला पर्‍योः गगन थापा

नेपालखबर
असार २२, २०७६ आइतबार १२:१,

 नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकार भारतको दबाब अगाडि झुकेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बल्दै सांसद थापाले प्रतिपक्षी दल र जनता सबै सरकारको निर्णयमा साथ रहँदा पनि सरकार आफै पछि हटेर भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णयमा पुगेको बताए।

सबैतिरबाट समर्थन प्राप्त गरेपछि सरकार निर्णयमा अडिग रहुनुपर्नेमा पछाडि हटेको उनको भनाइ थियो। उनले सरकारले सही काम गरेकाले केही समय महँगो तरकारी खाएरै भए पनि सरकारलाई सहयोग गर्न तयार भएकै बेला सरकार पछि हटेको बताए। ‘हाम्रो साथ पाएपछि लागेको थियो सरकार आफ्नो निर्णयमा अडिग रहने छ। विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ र ठोकेर भन्ने छ मेरो देशमा विषदी परीक्षण नगरी तरकारी भित्रन दिइने छैन’, उनले भने।

 उनले जनताको साथ पाएपछि भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाब किताब होला भन्ने लागेको बताए। ‘जनताको साथ पाएपछि पारिबाट वारि आउने तरकारी र फलफूसँगै वारिबाट पारि जाने चिया र अलैंचीबारे पनि हिसाब किताब हुन्छ भनेर गर्जेर भन्ला भन्ठानेको त पारितिरबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको छ’, उनले भने।

उनले सरकारको मान राख्न माक्स लनाई हिँडेको बताउँदै अब प्रधानमन्त्रीको मान राख्नकै लागि विषादीयुक्त तरकारी खान आफूहरु तयार रहेको बताए। ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो। घुँडामा कत्रो भ्वाङ पर्‍यो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad