प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि पानीजहाज सम्बन्धी विधेयक निर्णयार्थ पेस हुन सकेन। सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक-०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने सूचना सुनाए लगत्तै नेकपा माओवादी केन्द्रकी सांसद रुपाससी चौधरीले गणपूरक संख्या नभएको भन्दै प्रश्न उठाइन्।
उनले भनिन्, 'संविधानको धारा ९४ आकर्षित भएको जानकारी गराउँछु। कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या १ चौथाइ हुनुपर्ने व्यवस्था छ। यहाँ त्यो नभएको एकीन गर्न आग्रह गर्छु।'
उनले गणपूरक संख्यामा प्रश्न उठाएलगत्तै सभामुख घिमिरेले संसद् सचिवालयका कर्मचारीलाई सांसदको संख्या एकीन गर्न निर्देशन दिए। तीन मिनेट घन्टी बज्यो।
त्यसपछि सभामुखले सांसदको संख्याको १ चौथाइका लागि ६९ हुनुपर्नेमा ६१ मात्रै भएकोले निर्णयार्थ पेस गर्न नसकिने जानकारी गराए।
Shares

प्रतिक्रिया