प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन ७ गते प्रश्नउत्तर कार्यक्रम हुने भएको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर हुने जानकारी दिएका हुन्।
उनले प्रश्नउत्तरका लागि यसअघि नै समूह विभाजन भइसकेको जनकारी दिँदै एक सांसदले एउटा मात्रै प्रश्न सोध्न पाउने र प्रश्न संक्षिप्त हुनुपर्ने उल्लेख गरे।
यसअघि असार ६ गते तय भएको प्रश्नउत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण स्थगित भएको थियो।
संसद्मा नियमितरुपमा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रम हुने गरेको छ।
123
Shares

प्रतिक्रिया