राजनीति


पर्ख २०८४ मा देखाउँछौँ भन्नु  प्रतिशोधको भाषा हो : कांग्रेस सांसद बजगाईं

पर्ख २०८४ मा देखाउँछौँ भन्नु  प्रतिशोधको भाषा हो : कांग्रेस सांसद बजगाईं

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:२९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई (रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले रास्वपा सरकारमा जाँदा समेत कांग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको आरोप लगाए।

‘अहिलेसम्म तपाईहरुको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन, मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा,’ बजगाईंले भने, ‘अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ। बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौं। यो प्रतिशोधको भाषा थियो। त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ। यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन।’ 

देशलाई बदला नभई स्पष्ट दिशा र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सांसद बजगाईंले सबै दलले लोकतान्त्रिक अभ्यासमा रहनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad