राजनीति


रास्वपा सरकारमा हुँदा कांग्रेसका नेतालाई थुन्ने षडयन्त्र मात्रै गर्‍यो: सांसद बजगाईँ

रास्वपा सरकारमा हुँदा कांग्रेसका नेतालाई थुन्ने षडयन्त्र मात्रै गर्‍यो: सांसद बजगाईँ

नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:२८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई(रास्वपा)लाई चरम अतिवादको शैलीमा चलिरहेको टिप्पणी गरेका छन्।  

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बजगाईंले रास्वपा सरकारमा जाँदा समेत कांग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको आरोप लगाए। 

रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहेको उनको आरोप छ। 

रास्वपाले थालेको हस्ताक्षर अभियान समेत गैरकानुनी रहेको उनको भनाइ छ। 

‘अहिलेसम्म तपाइँहरूको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन। मात्र सत्तामा हाम्रो (कांग्रेस) पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा,' उनले भने, 'अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ। बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौँ। यो प्रतिशोधको भाषा थियो। त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ। यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन।'

त्यस्तै उनले देशलाई अहिले बदलाको नभई दृष्टिकोणको खाँचो रहेको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad