राजनीति


स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

नेपालखबर
असार ३०, २०८२ सोमबार १२:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन्। उनले स्पेन जान भन्दै बाटो लागेका र नफर्किएका व्यक्तिहरू भन्दै ५५ जनाको सूची र केही कागजात समेत मिडिया मार्फत सार्वजनिक गराएकी थिइन्। 

त्यस विषयमा समेत अनुसन्धान गर्न गृहमन्त्रीले लेखकले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको टोली बाहेकका व्यक्तिहरू स्पेनको कार्यक्रममा सहभागी भएका हुन् कि होइनन्। को को कसरी गए? उनीहरूले भिसालगायतका प्रक्रियाको मार्फत कसरी मिलाए? यी विषयमा अनुसन्धान गर्न भनिएको छ’, गृहमन्त्री लेखकको सचिवालयले भनेको छ। 

अब यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad