राजनीति


लकडाउनका १८ दिनमा भारतबाट ३७ हजार मेट्रिक टन खाद्यान्न आयात

लकडाउनका १८ दिनमा भारतबाट ३७ हजार मेट्रिक टन खाद्यान्न आयात

नेपालखबर
चैत ३०, २०७६ आइतबार ९:१३,

नेपालमा लकडाउन शुरु भएपछि भारतबाट ३७ हजार मेट्रिक टन खाद्यान्न आयात गरिएको छ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले चैत्र ११ देखि २८ सम्म १४ हजार मेट्रिक टन दाल आयात गरिएको जनाएको हाे।

त्यसैगरी साढे २१ हजार मेट्रिक टन तरकारी र ५९ मेट्रिक टन फुलफुल, ७९ मेट्रिक टन दुग्घजन्य पदार्थ, २२ हजार मेट्रिक टन एलपिजी ग्याँस आयात भएको सेन्टरले बताएको हो।

लकडाउनका १८ दिनभित्र १० करोड ८ लाख रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ र ५६ करोड ९७ लाख रुपैयाँका औषधि आयात गरिको छ।

सेन्टरले लामो दुरीमा ढुवानी गर्ने साधनहरु र यातायातकर्मीहरुको सहजिकरणका लागि राजमार्गमा न्युनमत स्थानहरुको पहिचान गरि पेट्रोल पम्प, भेहिकल वर्कशप र होटलहरु

सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

लकडाउन लागु भएपछि हरियो सागसब्जी लगायत केहि वस्तुहरुको आयातमा रोक लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .