राजनीति


स्पेनमा गएकाहरू नफर्किएको पुष्टि भइसकेको छ, यसको छानबिन गरौँ : सांसद शाही

स्पेनमा गएकाहरू नफर्किएको पुष्टि भइसकेको छ, यसको छानबिन गरौँ : सांसद शाही

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १४:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेनसहित भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका नेपाली नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

‘अहिले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ, यसको छानबिन गरौँ,’ शाहीले भने, ‘संसदीय छानबिन समिति बनाउनको लाग यो सरकार किन डराएको छ। यसबारे संसदीय छानबिन समितिको माग गर्दछौं।’

उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad