राजनीति


काठमाडौँ महानगरपालिकाको नगरसभा आज, २५ अर्बको बजेट ल्याउने तयारी

काठमाडौँ महानगरपालिकाको नगरसभा आज, २५ अर्बको बजेट ल्याउने तयारी

नेपालखबर
असार २९, २०८२ आइतबार ७:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष (२०८२–०८३)को बजेट ल्याउँदै छ। 

गएको शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आज नगरसभा गर्ने निर्णय गरेको हो। आइतबार दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ। 

स्थानीय तहले १० असारमा बजेट ल्याउने प्रचलन छ। देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय अर्थात् गएकाे असार १० मै आगामी आर्थिक वर्षकाे बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादकाे कारण बजेट ल्याउन सकेकाे थिएन।

शुक्रबारको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए। उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि उनको प्रस्ताव पारित भएको थियो। 

त्यसपछि अन्य एजेण्डमा छलफल नगरि मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए। त्यो दिन कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो। 

काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर बजेट ल्याउने गरि सीमा निर्धारण गरेको छ। शुक्रबारकाे बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गरिने बताएका थिए। 

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad