राजनीति


नवलपरासी कांग्रेस विवाद- केन्द्रले खनाललाई १ वर्षका लागि पार्टीबाटै निकाल्यो, जिल्लाले कँडेललाई ५ वर्षलाई

नवलपरासी कांग्रेस विवाद- केन्द्रले खनाललाई १ वर्षका लागि पार्टीबाटै निकाल्यो, जिल्लाले कँडेललाई ५ वर्षलाई

नेपालखबर
असार २७, २०८२ शुक्रबार १४:२०, काठमाडौँ

नेपाली कांग्रेस नवलपरासीमा थप विवाद सिर्जना भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले नवलपरासीका नेता तथा लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई १ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेपछि थप विवाद भएको हो। 

केन्द्रले खनाललाई निष्काशन गरेसँगै उता जिल्लाले भने देवेन्द्रराज कँडेललाई कारबाही गरेको छ।  केन्द्रको कारबाहीमा परेका खनाल नेता डा शेखर कोइराला समूहका हुन् भने कँडेल सभापति शेरबहादुर देउवा समूहका हुन्।  

गत प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई चुनाव हराएको आरोप कँडेल र विनोद चौधरीले खनालमाथि लगाएका थिए। सोही व्यहोराको पत्र पार्टीको केन्द्रीय अनुशासन समितिमा पुगेको थियो।  पत्रकै आधारमा समितिले उनलाई कारबाहीको सिफारिस गरेको जनाएको छ। 

आज नवलपरासीमा आयोजित विरोध कार्यक्रम

खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले जितेका थिए भने कँडेल राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग पराजित भए। 

जिल्ला कार्यसमिति नवलपुरका सभापति विक्रम यादवले कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गरिएको जानकारी गराए। पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको उनको भनाइ छ। 
 
यसअघि नै जिल्ला अनुशासन समितिले कँडेललाई कारबाहीको लागि सिफारिस गरेको र बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले सिफारिसलाई अनुमोदन गरेको यादवको भनाइ छ।  
  
यादवसहितका नेताहरूले खनालमाथिको कारबाही फुकुवा नगरे त्यसपछिको उत्पन्न हुने अवस्थाको जिम्मा केन्द्रीय समितिले नै लिनुपर्ने पनि बताएका छन्।   

खनाललाई कारबाही गरिएको भन्दै आज नवलपरासीमा विरोध सभासमेत आयोजना गरिएको छ।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad