राजनीति


बाढी, पहिरो पीडितको उद्धार र राहतमा ध्यान दिन सरकारलाई माओवादीको आग्रह

बाढी, पहिरो पीडितको उद्धार र राहतमा ध्यान दिन सरकारलाई माओवादीको आग्रह

नेपालखबर
असार २६, २०८२ बिहिबार १९:११, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले हालै आएको बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनर्निर्माण गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकबारे जानकारी गराउँदै प्रवक्ता अग्नि सापकोटाले जनताको जिउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताए। 

साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय गरेको पनि उनले जानकारी दिए। संघीय निजामती ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमतिअनुसार नै राष्ट्रिय सभाबाट पारित गर्नेतिर पहलकदमी लिने बारेमा छलफल भएको सापकोटाले बताए।

कुलिङ पिरियड छेडखानीबारे बनेको संसदीय छानबिन समितिको संयोजक ठूलो पार्टीले गर्ने र अरु सदस्य हुनेकुरा परम्पराअनुसार नै रहेको भन्दै त्यसलाई आफूहरुले स्वभाविक रुपमा लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad