राजनीति


‘अन्तर्राष्ट्रिय द्वन्द्वका कारण कृषि उत्पादनको मूल्य बढ्नसक्छ’

‘अन्तर्राष्ट्रिय द्वन्द्वका कारण कृषि उत्पादनको मूल्य बढ्नसक्छ’

फाइल फोटो


नेपालखबर
असार २६, २०८२ बिहिबार १७:३, काठमाडौँ

आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ।

बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताएका हुन्।

उनले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने उनले बताए। अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताए। उनले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो। हामीले अहिलेसम्म गरेको काम भनेको हामी आन्तरिक रुपमा प्रवद्र्धनको काम गरेका छौँ। बीउमा अनुदान दिन्छौँ। मलमा, भण्डारणमा अनुदान दिन्छौँ। बजार  पनि आन्तरिक बनाएका छौँ। सपोर्ट पनि गरेका छौँ। अझै व्यवस्थित हुन सकेको छैन। कृषि जोखिमपूर्ण व्यवसाय पनि हो। अबको पाटो भनेको देशभित्र उत्पादन भयो तर त्यसलाई बजार दिनुपर्छ।’

उनले थपे, ‘अर्को वर्ष कृषिजन्य वस्तुको उत्पादनको मूल्य बढ्ने स्थिति छ। अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्नसक्छ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिँचाइको रहेको बताए।

 उनले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गर्नुभयो। १२ लाख ९ हजार हेक्टरमा मात्रै सिँचाइ भएको बताए। १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताए। 

उनले भने, ‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको छ। २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको छ। १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको छ। १० लाख हेक्टरमा अहिले पनि सिँचाइ छैन। १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेका छौँ। सिंचाई भयो भने किसानले मलै नभएपनि खेती गर्दछन्। अनुत्पादन होला तर खती गर्दछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad