गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सभापति रवि लामिछाने भिजिट भिसामा गएको हो कि होइन भन्ने प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यसबारे प्रश्न उठाएका हुन्।
‘सुनेको कुरा, जान्ने साथीहरुलाई थाहा होला र मलाई पनि जानकारी होला भनेर उठाएको। माननीय सदस्य रवि लामिछाने यो संसद्को सदस्य हुनुहुन्थ्यो,’ लेखकले भने, ‘अहिले अर्को परिस्थिति छ। उहाँ कुनै समय अमेरिकामा भिजिटरकै रुपमा जानु भएको थियो रे भन्ने कुरा सुनेको, भिजिटरका रुपमा जानु भएको भिजिट भिसा नै हो।’
उनले थपे, ‘मैले जान्न खोजको के भने उहाँ भिजिटरका रुपमा अमेरिका जानु भएको हो कि होइन? उहाँ के मा जानु भएको हो जानकारी चाहान्छु। यदि उहाँ भिजिट भिसामै गएर नागरिकता लिन पाइन्छ कि पाइँदैन? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन?'
Shares

प्रतिक्रिया