राजनीति


हिमताल फुट्ने जोखिमले वातावरणमा चेतावनी दिइरहेको छ: सांसद बजगाईँ

हिमताल फुट्ने जोखिमले वातावरणमा चेतावनी दिइरहेको छ: सांसद बजगाईँ

नेपालखबर
असार २५, २०८२ बुधबार १४:३४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिमाली भेगमा हिमताल फुट्ने जोखिम बढिरहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद बजगाईँले    
हिमाली भेगको चुनौती र असरबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। 
 
'२०२५ संयुक्त राष्ट्रसंघद्वारा ग्लेसियर संरक्षण वर्ष घोषणापछि, विश्वभर देखा परेको वातावरणको चेतावनी भन्न मिल्छ,' उनले भने, 'भोटेकोशीमा आएको बाढी सम्भवतः हिमताल फुटेर आएको  थियो। मितेरी पुल, सयौँ गाडीहरू र दर्जनौँ नागरिकको जीवन बगायो।'
 
उनले चीन(तिब्बत)मा ठूला ड्यामहरू निर्माण गरिरहेको समाचार सार्वजनिक भएको र यसले नेपालका हिमाली भेगमा थप चुनौती थपिएको पनि बताए। 

'चीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको समाचारहरू छन्। जसले हिमाल तलतिरको जीवनलाई थप जोखिममा पार्नेछ' उनले भने। ‍

 
त्यस्तै उनले प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धारमा पनि राज्यबाटै समस्या खडा गरिएको आरोप लगाए। विभिन्न निषेधित क्षेत्रका स्थानीयलाई उपचारका लागि ल्याउन हेलिकप्टर उडान अनुमति पाउनै गाह्रो हुने भन्दै उनले नेपाली सेनाको हेलिकप्टर उडानमा अनुदानको व्यवस्था गर्न प्रस्ताव गरे।  

त्यस्तै उनले पशुपतिनाथको मन्दिरमा सुरक्षा कमजोरी भएको बताए। मन्दिरमा जाँदा सांसद, मन्त्रीहरू आफ्ना हतियारधारी सुरक्षाकर्मी लिएर जानुले मन्दिरमा ठूलो सुरक्षा जोखिम थपिएको उनको भनाइ छ।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad