राजनीति


सांसद गौतमलाई प्रधानमन्त्रीको सचिवालयको प्रश्न: स्पेनबाट नफर्किएको को हो?

सांसद गौतमलाई प्रधानमन्त्रीको सचिवालयको प्रश्न:  स्पेनबाट नफर्किएको को हो?

नेपालखबर
असार २४, २०८२ मंगलबार १८:१४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले स्पेन भ्रमण टोलीमा गएकाहरू नफर्किएको बताएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई जवाफ फर्काएको छ। 

सांसद गौतमले आकस्मिक समयमा बोल्दै भिजिट भिसामा भइरहेको मानव तस्करीबारे पार्टीको धारणा राख्ने क्रममा भनेकी थिइन्, 'स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्। यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्त’ विषयक सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन गएका थिए। स्पेनबाट उनी २० गते स्वदेश फर्किसकेका छन्।  

यही विषयलाई लिएर रास्वपा सांसद गौतमले संसदमा समेत कुरा उठाएपछि प्रधानमन्त्री ओलीको सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको हो? भनेर नाम बताइदिन आग्रह गरेको छ।

यसबारे नेकपा एमालेका मुख्यसचेतक महेश बर्तौलाले संसद्‌मै आपत्ति जनाएका थिए। उनले सांसद गौतमको भ्रम फैलाउने अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad