राजनीति


देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे रेशम चौधरी

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे रेशम चौधरी

नेपालखबर
असार २४, २०८२ मंगलबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बूढानीलकण्ठ पुगेका छन्।  

सरकारबाट बाहिरिने निर्णय गरिसकेको नागरिक उन्मुक्तिका संरक्षक चौधरी पछिल्लो समय सत्तारुढ दलका नेतृत्व भेट्न व्यस्त छन्। यसअघि सोमबारमात्रै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। 

उक्त पार्टीबाट सरकारमा पर्यटन राज्यमन्त्री बनेर अरुणकुमार चौधरी सहभागी थिए। उनले पदबाट राजीनामा दिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन्।  त्यस्तै उनीहरूले प्रतिपक्षी बेन्चमा बस्ने जानकारी पनि गराएका थिए। 

तर राजीनामा पत्र भने अहिलेसम्म प्रधानमन्त्रीलाई भने बुझाइएको छैन। सुदूरपश्चिम प्रदेश सरकारमा उक्त पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरी बर्खास्त भएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad