नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिबाट अवकाश लिने विषयमा अरूले भनेर नहुने बताएका छन्।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ०८३ असारपछि अवकाश लिन भनेलगत्तै देउवाले जवाफ फर्काएका हुन्।
‘मेरो रिटायर्ड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले बोल्दा यति धेरै प्रशंसा भयो। मेरो आग्रह छ- अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नूस्। शीतल निवासबाट निस्केर पूर्वराष्ट्रपति राजनीतिमा हाम फालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ,’ शर्माले भनेका थिए।
देउवाले हालै चितवनमा पुगेर आफ्नो रिटायर्ड हुने समय आएको र कांग्रेसलाई एक बनाउने इच्छा भएको बताएका थिए।
आजको बैठकमा देउवाले आफ्नो कार्यकाल ४ वर्षको रहेको, विधानले थप गर्न १ वर्ष र संविधानले थप ६ महिनाको समय दिएको उल्लेख गर्दै भने, ‘म के गर्छु, मेरो कुरा हो। मैले कसैलाई पनि भनेर गर्ने होइन। म अप्ठ्यारो मानिस हुँ नि, विचार गर्नूस्।’
Shares

प्रतिक्रिया