राजनीति


एमाले र कांग्रेसबीच कुनै समस्या छैनः बर्तौला

एमाले र कांग्रेसबीच कुनै समस्या छैनः बर्तौला

नेपालखबर
असार २३, २०८२ सोमबार १७:३४, काठमाडौँ

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको बताएका छन्।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहोर्‍याउँदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए। 

बर्तौलाले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरू पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताए। संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरेर सत्तारुढ दलहरु अगाडि बढ्ने उनको दाबी छ। 

उनले भने, ‘सात बुँदे समझदारीकाप्रति दुई दलका बीचमा कुनै समस्या छैन। संसदमा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ। हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने कांग्रेस र एमाले संसदको १० वर्षे अवधीको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभियो। यो निर्णयमा दुई दल पुग्ने कुरा नै पहिलो स्टेप हो। के विषयमा संशोधन गर्छौं भन्ने कुरा त संसदमा गणितीय हिसावले आवश्यक छलफलका हिसावले हुन्छ।’

अनुकुल समयमै सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad