राजनीति


प्रहरीलाई नेताको घरमा घरेलु कामदार बनाउनु आपत्तिजनकः सांसद साह

प्रहरीलाई नेताको घरमा घरेलु कामदार बनाउनु आपत्तिजनकः सांसद साह

नेपालखबर
असार २३, २०८२ सोमबार १६:४९, काठमाडौँ

आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन्।

उनले तपाईंको कमाण्डमा सुरक्षा निकाय छ कि छैन? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरे। प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे।

सांसद साहले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरूको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताए। 

उनले भने, ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ। बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरूलाई नेताहरूको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरुलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ?’ 

उनले प्रहरी कर्मचारीहरूको दुरुपयोगको सम्बन्धमा छानबिन गर्न समिति गठनको समेत माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad