राजनीति


छिटोभन्दा छिटो सरकारको नेतृत्व सभापतिले लिएर अगाडि बढ्नुहोस् : कोइराला

छिटोभन्दा छिटो सरकारको नेतृत्व सभापतिले लिएर अगाडि बढ्नुहोस् : कोइराला

नेपालखबर
असार २१, २०८२ शनिबार २०:७, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल सरकारको नेतृत्व लिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा दिवंगत गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताए। 

‘अब छिटोभन्दा छिटो नेपाली सरकारकाे नेतृत्व सभापतिजीले नै लिनुहुन्छ, लिएर अगाडि बढ्नुहोस्,’ कोइरालाले भने, ‘सकारात्मक सोचबाट हामी अघि बढौँ। हामी सक्छौँ।’

उनले अब सामान्य खेती गरेर नहुने भन्दै किसानलाई आधुनिक कृषि गराउन तालिम दिनुपर्ने जोड दिए। ‘यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु,’ कोइरालाले भने, ‘यो सरकारको सोच कति गलत छ हेर्नुस्। २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो। यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन। जम्मा डेढ अर्ब लाग्थ्यो।’

उनले थपे, ‘मन्त्रीहरु विदेश गएको गइ देख्छु। दुई चार पटक मन्त्रीहरु विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ। यस्तो सोच राखौँ। आम किसानलाई त दिनुपर्छ। किसानलाई नयाँ टाइपले हेर्नुपर्छ।’

कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको भन्दै सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad