एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानविरुद्धको खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले फरवार्ड सावित्रा भण्डारी साम्बाको कप्तानीमा सुरुवाती ११ घोषणा गरेका हुन्।
प्रशिक्षक वाइल्डले श्रीलंकाविरुद्धको खेलबाट एक खेलाडी परिवर्तन गरेका छन्। लिलंकाविरुद्धको खेलमा सुरुवाती ११ मा रहेकी प्रीति राइको स्थानमा पूजा राना आएकी छिन्।
एसियन कप २०२६ मा स्थान बनाउन नेपाली टोलीलाई आज जित्नै पर्ने दबाब छ। आजको खेलमा हार भोगे नेपालको एसियन कपसँगै फिफा विश्वकप र ओलम्पिक छनोटको यात्रा समेत यही सकिनेछ।
उज्वेकिस्तानविरुद्ध निर्धारित ९० मिनेटमा खेलको नतिजा नआएमा सिधै टाइब्रेकरबाट निर्णय हुनेछ।
उज्वेकिस्तानविरुद्ध सुरुवाती ११ः
अञ्जना राना मगर, गिता राना, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, रेनुका नगरकोटे, सविता रानामगर, सरस्वती हमाल, सावित्रा भण्डारी र रश्मी कुमारी घिसिङ
Shares

प्रतिक्रिया