राजनीति


जनताले हामीलाई पढ्दा रहेनछन्, भेडाबाख्रा जस्ता छन् भन्न थाले: राजेन्द्र पाण्डे

जनताले हामीलाई पढ्दा रहेनछन्, भेडाबाख्रा जस्ता छन् भन्न थाले: राजेन्द्र पाण्डे

नेपालखबर
असार १८, २०८२ बुधबार १६:२१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनताले सांसदहरूलाई भेडाबाख्रा भन्न थालेको  बताएका छन्।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यो त्रुटि नभई बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए।

जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको बताए। उनले राष्ट्रियसभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए। संलग्नहरूले कारबाही भोग्नुपर्ने बताए।

‘यो त्रुटि हो कि बदमासी हो ? षड्यन्त्र हो। यो के हो। सचिवसँग सोध्दा त्रुटि भयो भन्नुहुन्छ। यो गम्भीर गल्ती हो। यसको राम्ररी छानबिन हुन जरुरी छ। अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन्,' उनले भने, 'त्यसै पास भन्दा रहेछन्। यी भेडाबाख्रा जस्ता रहेछन्। हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो। हाम्रो विश्वसनीयतामा ठूलो ह्रास आएको छ। हामी अविश्वासी भएका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad