ad ad

राजनीति


ओली–मोदी संवाद : दुईतर्फ अल्पत्र नागरिकलाई आआफ्नो देशमा हेरचाह गर्ने

ओली–मोदी संवाद : दुईतर्फ अल्पत्र नागरिकलाई आआफ्नो देशमा हेरचाह गर्ने

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ७:२९,

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच लकडाउनका सिर्जित परिस्थितिबारे छलफल भएको छ।

दुई प्रधानमन्त्रीले दुवैतर्फ लागु गरिएको देशव्यापी लकडाउनका कारण नेपाल र भारततर्फ रोकिएका दुई देशका नागरिकलाई जहाँ छन् त्यहिँ नै राखेर हेरचाह गर्ने सहमति भएको प्रधानमन्त्री ओलीले बताएका छन्।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं,’ ओलीले ट्विटरमा लेखेका छन्। ‘लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।’

त्यसैगरी आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भएको पनि ओलीले बताएका छन्।

‘भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ,’ उनले भनेका छन्।

तत्काल लागु गरिएको लकडाउनका कारण २१ सयभन्दा बढि नेपालीहरु सीमावर्ती क्षेत्रमा आई नेपाल प्रवेश गर्न नपाउँदा धार्चुला लगायतका विभिन्न ठाउँमा अल्पत्र परेका छन् भने भारततर्फ हिंडेका ७ सय जति भारतीय नागरिक पनि वीरगञ्ज लगायतका सीमा क्षेत्रमा पुगेका छन्।

भारततर्फ रहेका नेपाली नागरिकलाई भारतीय पक्ष र नेपालतर्फ रहेका भारतीय नागरिकलाई नेपाली प्रशासनले उनीहरुलाई खुवाइने राख्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .