समयमै महाधिवशेन गर्न नसकेका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूको महाधिवेशनबारे नयाँ मिति प्रस्ताव गरिएको छ। आजदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले भ्रातृ संस्थाको महाधिवेशनको मितिबारे नयाँ प्रस्ताव गरेका हुन्।
सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा थापाले नयाँ समिति बनाउने, फेरि समय तोक्ने गर्दा संगठन चलायमान हुन नसक्ने बताए।
'नेविसंघ, महिला संघसहित जति पनि महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्था छन् तीनमा अहिले के भइरहेको छ भन्नेबारे हाम्रो बैठक चलिरहँदा छलफल गरेर हामीलाई केके समस्या भएको विवरण दिनुहुन्छ भन्ने अपेक्षा छ, 'उनले बैठकमा भने।
कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार
त्यस्तै उनले यी महाधिवेशन गर्न नसक्ने तर तदर्थको भरमा चलिरहेका संस्थाको महाधिवेशन माघ मसान्तभित्र सक्ने गरी निर्देश गर्ने प्रस्ताव पनि गरे।
तरुण दलको हकमा भने उनले मिति नै प्रस्ताव गरे। 'तरुण दलको अधिवेशन मंसिर २६, २७ र २८ गतेसम्म सक्ने' थापाको प्रस्ताव थियो।
पार्टी कार्यालयको हलमा महामन्त्रीले तरुण दलको नयाँ मिति प्रस्ताव गरिरहँदा बाहिर भने अधिवेशनको माग राखेर धर्नामा बसेका छन्।
Shares

प्रतिक्रिया