राजनीति


रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा रवीन्द्र मिश्रले देखे ‘गहिरो अर्थ’

रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा रवीन्द्र मिश्रले देखे ‘गहिरो अर्थ’

नेपालखबर
असार १६, २०८२ सोमबार १३:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट लेखेको पत्रबारे टिप्पणी गरेका छन्।

मिश्रका अनुसार लामिछानेले २०४६ सालपछि स्थापित राजनीतिक व्यवस्थामाथि कडा आलोचना गर्दै विगत ‘३६ वर्ष’को अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

उनले पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याएका छन्, जसलाई केहीले राष्ट्रपति प्रणालीतर्फको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्। तथापि, लामिछानेले स्पष्ट रूपमा ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नभनी ‘कार्यकारी’ शब्द प्रयोग गरेको उल्लेख गरेका छन्।

त्यस्तै, लामिछानेले प्रदेशसभा खारेज हुनुपर्ने माग गर्दै संघीयता खारेजको पक्षमा प्रस्ट धारणा राखेको मिश्रको भनाइ छ।

नेपालको वर्तमान संघीय शासन प्रणालीप्रति गम्भीर असहमति जनाउँदै उनले संविधानमा सामान्य संशोधन नभई पुनर्लेखनको आवश्यकता औल्याएको र ‘पुनर्लेखन’ भन्ने शब्दले गहिरो र दूरगामी राजनीतिक परिवर्तनको संकेत गर्ने तर्क समेत गरेका छन्। 

लामिछानेले असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर भैरहवा कारागारबाट पत्र लेखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad