नेपाली कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० जना सदस्य मनोनयन भएका छन्।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद कोइरालाले जनाएका छन्।
मनोनयन भएका सदस्यहरूमा विमला नेपाली (दाङ), दिपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौं), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं) रहेका छन्।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य नानु बास्तोला रहेकी छन्।
303
Shares

प्रतिक्रिया