राजनीति


प्रहरीका कार्यालय सहयोगदेखि हवल्दारसम्म आधारभूत तह भनौँ- गृहमन्त्री लेखक

प्रहरीका कार्यालय सहयोगदेखि हवल्दारसम्म आधारभूत तह भनौँ- गृहमन्त्री लेखक

नेपालखबर
असार १५, २०८२ आइतबार १४:४०, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवल्दारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताएका हुन्। 

'प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरू प्रयोग गर्ने गरिन्थ्यो। मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु,' उनले भने, 'प्रहरीको ती कर्मचारीहरूलाई आधारभूत तह भन्नुपर्छ भनेकोछु। प्रहरीको ठूलो संख्या जवान, हवल्दारलगायत हुनुहुन्छ। सबैभन्दा ज्याँदा सडकमा १२ देखि १६ घण्टा डियुटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको हुनाले कानुनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौं। बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ।'

मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरूको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए। 'नेपाल प्रहरी सम्बन्धी कानुनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानुन बनाउने हामी सबैको एकै उद्देश्य हो,' उनले भने, 'नेपाल प्रहरीको सर्भिस ल नै यही हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad