राजनीति


प्रस्तावित न्यायाधीश पोखरेललाई बर्तौलाले सोधे- आफ्नै प्रतिबद्धता छाडेर खुट्टा उचाल्दै आउने?

प्रस्तावित न्यायाधीश पोखरेललाई बर्तौलाले सोधे- आफ्नै प्रतिबद्धता छाडेर खुट्टा उचाल्दै आउने?

नेपालखबर
असार १५, २०८२ आइतबार १२:५१, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीशको बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गरेका छन्।

आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा बर्तौलाले सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुन सक्ने बताए।

'तपाईंको पृष्ठभूमि बिल्कुल राजनीतिक छ, त्यो पनि सक्रिय छ । सबैले जाने बुझेको कुरा हो ।त्यसमा लाग्दिनँ भन्नु तपाईंको यहाँ बोल्दै गर्दा गर्ने कमिटमेन्ट हो,' उनले भने, 'निष्पक्षता र तटस्थता त हुनैपर्छ । तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिका र जिम्मेवारीमा रहे पनि तर तपाईंको विशुद्ध हृदय चर्चित व्यावसायिक घरानाबाट हुनुहुन्छ भन्ने प्रश्न छ।' 

न्यायाधीशमा प्रस्तावित भएसँगै यसअघिका सम्झौता छोडेर हिँडेको भन्दै बर्तौलाले न्यायिक विचलन नहुने कसरी सुनिश्चित हुन्छ भनेर प्रश्न पनि गरे। 

'प्रस्तावित न्यायाधीश हुने बित्तिकै खुट्टा उचालेर लौ हुन्छ भनेर त्यत्रो सात महिनाअघि गरिएको कमिटमेन्ट, फ्याँकेर, च्यातेर हिँड्न मिल्छ? यदि त्यो च्यातेर हिँड्नुहुन्छ भने भोलिका दिनमा न्यायिक विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ?,' उनले भने, 'आज वकिलहरूको पद पाउनका लागि पद पाउने बित्तिकै जे पनि गर्न मिल्छ भन्ने मानक स्थापित गर्न खोजेका हौँ हामीले? त्यस्तो गर्न मिल्छ?' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad